अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीको परालमीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मीको परालमीमा जीप दुर्घटना, तीन जनाको मृत्यु


काठमाडौं : गुल्मीको परालमीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार एकको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।

दुर्घटनामा परेका अन्य घाइतेको उपचार भइरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जीपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार सडकबाट करिब ८ सय फिट तल खसेको अनुमान गरिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।