काठमाडौं-नेकपा (एमाले) का नवनियुक्त तीन केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहण गर्नेहरूमा नरेन्द्र भट्टराई, सीता अधिकारी र पोल्देन छोपाङ गुरुङ रहेका छन्। यसअघि गत असोजमा बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार तीनै जनाले औपचारिक रूपमा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका हुन्।







प्रतिक्रिया