अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा नेकपाको आमसभा सुरु

विराटनगरमा नेकपाको आमसभा सुरु


विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आयोजनामा विराटनगरमा आमसभा सुरु भएको छ ।

सभालाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, प्रदेश नं १ का इन्चार्ज सुवासचन्द्र नेम्वाङ, मूख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा प्रदेश नं. १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बिहान ११ बजे श्री एयरलाइन्सबाट विराटनगर आउनुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपर्नाको कारण, नेकपाको वर्तमान अवस्था र आगामी निर्वाचनका बारेमा जनतालाई स्पष्ट पार्नुहुनेछ ।

प्रधानमन्त्री ओली आजै साढे ४ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।