अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यती एअरलाइन्सले दशैंमा जाने उडानको अपर क्लास हटायो, फर्कनेमा सस्तो टिकट

यती एअरलाइन्सले दशैंमा जाने उडानको अपर क्लास हटायो, फर्कनेमा सस्तो टिकट


काठमाडौं-यती एअरलाइन्सले बडादशैंलाई लक्षित गर्दै काठमाडौं बाहिर जाने उडानमा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ।

दशैंका बेला जाने उडानमा यात्रुको चाप बढी हुने र फर्कने उडान तुलनात्मक रूपमा खाली हुने भएकाले यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यात्रुको चापलाई ध्यानमा राख्दै जाने उडानमा अपर क्लासको भाडा नलिने तथा फर्कने उडानमा भने न्यून दरमै टिकट उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ ।

यती एअरलाइन्सका अनुसार विभिन्न भागमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य भएको कम्पनीले जनाएको छ ।

इन्धनको मूल्यमा भएको ठूलो वृद्धिका कारण गत वर्षको जस्तो सुलभ दरमा हवाई भाडा उपलब्ध गराउन नसकिएको भन्दै कम्पनीले यात्रुसँग दुःख व्यक्त गरेको छ ।