अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस १५ औँ महाधिवेशन

कांग्रेस महाधिवेशन उद्‌घाटनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने

कांग्रेस महाधिवेशन उद्‌घाटनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने


काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्।

कांग्रेसको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सट्टा महासचिव पोखरेललाई पठाउने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

‘कांग्रेसको महाधिवेशन उद्घाटनमा अध्यक्षज्यूले महासचिवलाई पठाउने हुनुभएको छ,’ आचार्यले भने।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। कांग्रेसका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा गर्ने तय भएको हो।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु हुने महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई पनि निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।

महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते तथा निर्वाचनसम्बन्धी कार्यक्रम असोज २१ र २२ गते हुने कार्यतालिका छ।