अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश पूर्वहरूले होइन, वर्तमानहरूले नै चलाउने हो : नेता ढुङ्गेल

देश पूर्वहरूले होइन, वर्तमानहरूले नै चलाउने हो : नेता ढुङ्गेल


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बालकृष्ण ढुङ्गेलले देश पूर्वहरूले होइन वर्तमान बहालवालाहरूले चलाउने बताउनु भएको छ ।

पार्टीको १ नं. प्रदेश कमिटीले विराटनगरमा शनिबार आयोजना गरेको जनसभामा बोल्दै नेता ढुङ्गेलले यस्तो बताउनु भएको हो ।

‘देश जहिल्यै पनि बर्तमान प्रधानमन्त्रीले चलाउने हो । अहिले केही पूर्वप्रधानमन्त्रीहरूले चलाउने कुरा गरिरहनु भएको छ । यस्तो पनि कहिँ हुन्छ ? देश बर्तमान प्रधानमन्त्रीले नै चलाउने हो,’ नेता ढुङ्गेलले जनसभामा भन्नुभयो ।

न्यायालय पनि कोही पूर्वन्यायाधीशले चलाउन खोजेर नहुने भन्दै उहाँले न्यायालयलाई पनि स्वतन्त्र र निष्पक्ष ढङ्गबाट बर्तमान न्यायाधीशले नै चलाउन कुनै अवरोध गर्न नहुने जोड दिनुभयो ।