अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डले ‘सूर्य चुनाव चिन्ह मेरो’ भन्दा तपाईंहरुलाई हाँसो लागेन ?: प्रधानमन्त्री

प्रचण्डले ‘सूर्य चुनाव चिन्ह मेरो’ भन्दा तपाईंहरुलाई हाँसो लागेन ?: प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा र सूर्य चिन्ह आफूले नेतृत्व गरेको दलको नै हुने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको आमसभालाई शनिबार सम्बोधन गर्दै एकपटक पनि सूर्य चुनाव चिन्हमा चुनाव नलडेका प्रचण्डले निर्वाचन आयोगमा दाबी प्रस्तुत गरेकोमा आश्चार्य प्रकट गर्नुभयो । ‘प्रचण्डले ‘सूर्य चुनाव चिन्ह मेरो’ भन्दा तपाईंहरुलाई हाँसो लागेन,’ प्रधानमन्त्रीको प्रश्न थियो ।

ओलीले पार्टीभित्रका केही नेताहरूमा धिरता र लोकतान्त्रिक अभ्यास नभएका कारण आफू संसद विघटनको कदमसम्म पुगेको बताउनुभयो । ‘तपाईंहरू कुनै भ्रममा नपरेर चुनावको तयारीमा जुट्नुस् । कतिपयले केपी ओलीले चुनाव गराउन होइन अधिनायकवाद ल्याउन संसद विघटन गरेको हो भन्ने पनि छन् तर म स्पष्ट पार्न चाहन्छु– मैले ताजा जनादेशका लागि संसद विघटन गरेको हुँ ।’

उहाँले पार्टीको अध्यक्ष पद बच्चाको खेलौनाजस्तो नभएको समेत स्पष्ट पार्नु भयो । ‘अर्को महाधिवेशनसम्म पनि पर्खन नसक्ने बच्चाले खेलौना ले, खेलौना ले भनेजस्तो मलाई अध्यक्ष चाहियो, मलाई अध्यक्ष चाहियो भन्न मिल्छ ? के अध्यक्ष पद केटाकेटीको खेलौना हो ?’ प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ०७८ वैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन हुने ठोकुवा गर्नुभयो ।