२०७५ सालको दसैं अघि देखि नै केपीजीलाई अलि सञ्चो थिएन । त्यसमाथि दसैंमा लामो समयसम्मको लगातारको टीका कार्यक्रम पनि थपियो । पछि बिसञ्चोले च्याप्दै लग्यो । एकदिन उहाँले मलाई निमोनिया पो हुन लाग्यो कि भन्नुभयो । त्यसपछि टिचिङ अस्पतालका छाती रोग विशेषज्ञ डा. दासले आएर उहाँलाई हेर्नुभयो । खास केही छैन, आराम नपुगेको हो, आराममा ध्यान दिनुस् भनेर उहाँ जानुभयो । उता डा दिव्या, डा.दिलिप आदिसँग छलफल गरी एन्टियोबायोटिक पनि चलाउँदै थियौं । उता डा. दासले आराम गर्ने सुझाव दिएर गए पनि उहाँ चार दिन लगातार रातको दुई बजेसम्म मिटिङमा व्यस्त हुनुभयो ।
त्यसबेला मौसम परिवर्तनको समय पनि थियो । सायद यी सबै कुराहरु मिलेर पनि हो कि उहाँको रुघा खोकी निको नभएर झन् बढ्दै गयो । कात्तिक १० गते शनिबार पार्टीको चियापानमा पनि उपस्थित हुन सक्नुभएन । हुन त त्इस दिन उहाँको स्वभावअनुसार जानै नसक्ने अवस्था होइन । तर मासमा जाँदा अप्ठेरो होला भनेर हामीले नपाएका हौं । चियापान कार्यक्रमपछि प्रचण्डजी आउनुभयो र उहाँहरुबीच लामै कुराकानी भयो । त्यसपछि विष्णु रिमाल र राजन भट्टराईसँग पनि लामै कुरा भयो । राजेश र शीतल पनि कीर्तिपुर गएका थिए ।
विदेशमा रहनुभएकी डा. दिव्याको आजै राति एक बजे प्लेन ल्याण्ड हुन्छ भनेर खबर पाएकाले हामी सबै उहाँकै प्रतीक्षामा बसिरह्यौं । अन्त्यमा रातको सवा दुईबजे डा.दिव्या बालुवाटार आइपुग्नुभयो । उहाँले सबै जाँच गर्नुभयो । रिपोर्ट हेरेर उहाँले पनि अस्पताल नै जाउँ भन्नुभयो । त्यसपछि आवश्यक तयारी गरेर अस्पतालको लागि निस्कदा साढे तीन जति भइसकेको थियो ।
यस्तैमा रातको १० बजेतिर उहाँलाई अलि बढी नै रोगले च्यापेजस्तो लाग्यो । निवासमा म मात्र थिएँ । लगत्तै डा. दिलिपलाई फोन गरेँ । उसले डा. बास्कोटालाई फोन गरेछ । राति ११ बजेतिर डा. बास्कोटा फर्कनुभयो । अलि ठिकै जस्तो लाग्यो र साढे १२ बजेतिर डा. बास्कोटा फर्कनुभयो । आइतबार दिनभर ठिकै भयो । साँझ डाक्टर नर्सको टिम बालुवाटार नै आएको लिक्विड ड्रिपबाट एन्टीबायोटिक चढाइयो । त्यो ६ सय एमएलको चढाउनुपर्ने थियो । तर साढे चार सय एमएल जति गइसक्दा स्थिति झन् बिग्रियो । राति फेरि डा. दास आउनुभयो र अस्पताल नै लैजाउँ भन्नुभयो । अस्पतालमा कोठाको लागि खबर पनि भयो ।
विदेशमा रहनुभएकी डा. दिव्याको आजै राति एक बजे प्लेन ल्याण्ड हुन्छ भनेर खबर पाएकाले हामी सबै उहाँकै प्रतीक्षामा बसिरह्यौं । अन्त्यमा रातको सवा दुईबजे डा.दिव्या बालुवाटार आइपुग्नुभयो । उहाँले सबै जाँच गर्नुभयो । रिपोर्ट हेरेर उहाँले पनि अस्पताल नै जाउँ भन्नुभयो । त्यसपछि आवश्यक तयारी गरेर अस्पतालको लागि निस्कदा साढे तीन जति भइसकेको थियो । उहाँहरुलाई अस्पताल पठाइसकेपछि छरपस्ट सामानहरु अलिकति मिलाएर बिहानको चार बजेतिर म एक घण्टा जति सुतें ।
यसरी दोस्रो प्रधानमन्त्रीत्व कालमा २०७५ कात्तिक १२ गतेदेखि १६ गतेसम्म केपीजी टिचिङ अस्पताल बस्नुभयो । शुक्रबार राति डिस्चार्ज भई फेरि बालुवाटार आउनुभयो । यसबीचमा प्रत्येक अनलाइन मिडिया, पत्रपत्रिका र टीभी च्यानलमा प्रसारण प्रकाशन भएका प्रमुख समाचारमा प्रधानमन्त्रीको भेटघाटमा कडाइ गरिएको भन्ने थियो तर पनि पार्टी नेता र मन्त्रीहरुलाई छुट हुने नै भयो । एक दिन त पत्रकारहरुले क्यामरा बोकेर अर्को भवनको छतमा चढेर कोठाभित्रको फोटो खिच्न थाले । प्रहरी गएर उनीहरुलाई हटाए । अस्पतालमा बाहिरका साथीभाइ छिर्न नसके पनि अस्पताल भित्रकै डाक्टर र नर्सहरु प्रायः आइरहन्थे । अर्कोतिर उहाँको चेकअप गर्ने र औषधि खाने आदिको चापले पनि आराम पाइराखेको थिएन । उहाँले सुतेको बेड पनि सजिलो मान्नुभएन ।
म प्राय: बिहान ८ बजे सम्ममा ब्रेकफाष्ट लिएर अस्पताल पुग्थेँ । खाना प्रायः बहिनीहरु र छोरीहरुलई पठाउँथे । साँझको हस्का नास्ता लिएर आफैं जान्थेँ । अस्पताल परिसरमा प्रायः प्रहरी, पत्रकार र साथीहरु बसिरहेका देखिन्थे । छातीको इन्फेक्सन र ब्लडको सुगरलाई नियन्त्रण गर्न उहाँलाई अस्पताल राखिएको थियो । त्यसमाथि किड्नी प्रत्यारोपण गरेको व्यक्ति हुनाले पनि बढी सतर्क हुनुपर्ने थियो ।
प्रधानमन्त्री अस्पतालमा रहेको विषय ज्यादै नकारात्मक र आपराधिक काम हो जसरी मिडियामा खबर आइरहेका थिए । यसअघि पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरु पनि धेरैपल्ट बिरामी भई अस्पताल बस्नुभयो । दुवै घटना उस्तै भए पनि त्यसबेलाका र आजका समाचारका कोणहरु भने फरक थिए । मिडियाहरुको मिसन नै बदलिएको हो कि मानिसहरुमा संवेदनाको मात्रा कमजोर हुँदै गएको हो, यो भने मैले छुट्याउन सकिनँ ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’को एक अंश
प्रतिक्रिया