अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१४ महिनापछि राजीनामा दिन्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ: प्रधानमन्त्री ओली

१४ महिनापछि राजीनामा दिन्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस-नेकपा एमालेबीचको गठबन्धन दायाँबायाँ नहुने बताउनु भएको छ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले १४ महिनापछि आफूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिक्रिया दिनुभएको हो।

सत्ता परिवर्तनको कुरा के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गर्नुभएको थियो।