अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री कुबेर शर्माको निधन

पूर्वमन्त्री कुबेर शर्माको निधन


काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री हुनुभएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

पछिल्लो कालखण्डमा हरियाली पार्टी स्थापना गरेर चर्चामा आउनुभएका शर्मा प्रख्यात चार्टर्ड एकाउन्टेन्टका रूपमा समेत चिनिनुहन्थ्यो ।

शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आउनुभएको थियो । उहाँ सप्तरीबाट २०४८ मा सांसदमा निर्वाचित हुनु भएको थियो ।