अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बूढानीलकण्ठबाट २२ किलो सुन बरामद

बूढानीलकण्ठबाट २२ किलो सुन बरामद


काठमाडौँ-काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले करिब २२ किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बूढानीलकण्ठस्थित चपली क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको हो।

प्रहरी उच्च स्रोतका अनुसार सुन बरामद गर्न टोलीले बिहीबार मध्याह्नदेखि विशेष अपरेसन सञ्चालन गरेको थियो। अपरेसनका क्रममा करिब २२ किलो सुन बरामद भएको हो।

बरामद सुनमध्ये केही सुनका गहना समेत रहेको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ। सुनसँग ‘कनेक्सन’ देखिएका केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेको छ। यद्यपि पक्राउ परेकाहरूको पहिचान तथा अन्य विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सुन र पक्राउ परेका व्यक्तिबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।