अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा कैलालीले गर्‍यो नयाँ जिम्मेवारी बाँडफाँट, कसलाई के ?

रास्वपा कैलालीले गर्‍यो नयाँ जिम्मेवारी बाँडफाँट, कसलाई के ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली जिल्ला समितिको पूर्ण बैठकले पार्टीका विभिन्न विभाग तथा समितिमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ।

बैठकबाट जिल्ला सल्लाहकार समिति सदस्यमा सुवेस कठरिया र पदम बुढाथापा मनोनित भएका छन्। यस्तै, जिल्ला संगठन विभागको उपप्रमुखमा के.एम.थापा तथा सदस्यमा तारा चौधरी र एम. माया ढकाल नियुक्त भएका छन्।

त्यसैगरी, आशिष देवकोटालाई जिल्ला सदस्य तथा आरटी प्रमुखको जिम्मेवारी दिइएको छ। जिल्ला समितिले नयाँ जिम्मेवारी प्राप्त गर्ने सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

नयाँ जिम्मेवारीसँगै संगठनलाई थप सुदृढ, अनुशासित र सक्रिय बनाउँदै जनतासँगको सम्बन्धलाई अझ नजिक बनाउन नवनियुक्त तथा मनोनित सदस्यहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ।