अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा कांग्रेस नेता जोशीलाई स्वास्थ्यलाभको कामना

राष्ट्रपतिद्वारा कांग्रेस नेता जोशीलाई स्वास्थ्यलाभको कामना


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उहाँका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको थियो ।

शुक्रबार त्यहाँ भर्ना हुनुभएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ । सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नाका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझ्नुभएको थियो ।