अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भोलि गृहजिल्ला झापा जानुहुने

प्रधानमन्त्री भोलि गृहजिल्ला झापा जानुहुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भोलि (आइतबार) आफ्नो निर्वाचन क्षेत्र झापामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार बिहान भोलि यती एयरको पहिलो उडानबाट प्रधानमन्त्री भद्रपुर अवतरण गर्नुहुने कार्यक्रम छ । त्यसपछि बिहान ११ः४५ मा कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की सडकको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैगरी दिउँसो १२.४५ मा प्रधानमन्त्री ओलीले दमक नगरापालिका-१० मा रहेको मावा खोलाको पुल उद्घाटन गर्नुहुनेछ । त्यसपछि १ः३० मा बहुचर्चित नेपाल चाइना इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने कार्यक्रम छ । यो पार्क झापाको दमक कमल र गौरादह नगपालिकाको करिब २२ सय विगाहा जमिनमा फैलिएको हुनेछ ।

दिउँसो ३ः१५ मा प्रधानमन्त्री ओलीले दमक आँखा अस्पतालबाट इलामको चुलाचुली जोड्ने पुलको उद्घाटन गर्नुहुनेछ । ३ः४५ बजे प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गका ३१ वटा पुलको शिलान्यास एकै पटक गर्नु हुनेछ ।

दमकको बेलडाँगी र इलामको बुकुवाबीचको रतुवा खोलाको पुल शिलान्यास गरेर अन्य ३१ वटा पुलको शिलान्यासको संकेत प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री भोलि साँझ ५ः३० बजे भद्रपुरबाटै यती एयरको जहाजबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।