अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तथ्य र प्रमाण भेटिए जुनसुकैलाई पनि कारबाही गर्छौँ : प्रमुख आयुक्त राई

तथ्य र प्रमाण भेटिए जुनसुकैलाई पनि कारबाही गर्छौँ : प्रमुख आयुक्त राई


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गर्ने प्रतिबद्धता गरेका छन् ।

आग्रह/पूर्वाग्रहमा आफू नचल्ने बताउनुहुँदै उहाँले आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्र भित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने बताउनुभयो ।

शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै आयोगका प्रमुख राईले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको बताउनुभयो ।

‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘यहाँहरूको अपेक्षाअनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन ।’

प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने बताउनुभयो ।

‘नागरिक समाज र जनताको अपेक्षा नै भ्रष्टाचार न्यूनीकरण हुनुपर्नेमा छ। त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतको भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।