अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज विप्लव सार्वजनिक हुँदै, प्रधानमन्त्रीसँगै मञ्चमा देखिने

आज विप्लव सार्वजनिक हुँदै, प्रधानमन्त्रीसँगै मञ्चमा देखिने


काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुने भएको छ ।

सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गर्नुभएको छ । सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हासिल गर्नुभएको हो ।