अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाका महासचिव विप्लव नवलपरासीबाट सार्वजनिक

नेकपाका महासचिव विप्लव नवलपरासीबाट सार्वजनिक


काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रबार नवलपरासीबाट सार्वजनिक हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं आउन लाग्नुभएका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गर्नुभयो । त्यहाँ शहीद परिवारलाई भेटेर उहाँ काठमाडौं आउनुभएको हो ।

सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव विप्लवलाई सरकारले हेलिकोप्टर लिन पठाउने भने पनि उहाँ गाडीबाट अपरान्ह १२ बजेसम्म काठमाडौं आउने तय भएको छ ।

शुक्रबार २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।