अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका दुई युवा नेताको पार्टी एकता जोगाउने सुत्र

एमालेका दुई युवा नेताको पार्टी एकता जोगाउने सुत्र


काठमाडौं- नेकपा (एमाले)का युवा नेताहरुले पार्टी एकताका लागि विभिन्न सुत्रहरु अघि सार्नुभएको छ ।

स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलले पार्टी र प्रधानमन्त्रीको विरुद्धको षडयन्त्रलाई कार्यकर्ता र जनताले असफल पारेको बुझेमा पार्टी एकता जोगिनु उल्लेख गर्नुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले यो सत्यलाई बुझ्ने हो भने पार्टी एकता र विजय दुवै सुनिश्चित हुने उल्लेख गर्नुभएको छ ।

एमाले सचिव योगेश भट्टराईले काव्यतात्मक शैलीमा सकरात्मक पहल गरेर पार्टी एकता जोगाउनु पर्ने बताउनुभएको छ । भट्टराईले सम्भावित दुर्घटनालाई जोगाएर भावी पुस्तालाई जोगाउनु पर्ने उल्लेख गर्नुभएको छ । फेसबुकमा भट्टराईले लेख्नु भएको छ ‘टुटेको संवाद जोडिनु राम्रो हो ।
सबैले सकारात्मक पहल गरौं
सम्भावित दुर्घटनालाई रोकौं
भावी पुस्तालाई जोगाउँ ।’