अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनको तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

चीनको तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प


बेइजिङ- चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

चिनियाँ भूकम्प सूचना केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा रहेको थियो ।

उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीले बताएका छन् ।