अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि क्षेत्रमा उत्साहजनक फड्कोः नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर

कृषि क्षेत्रमा उत्साहजनक फड्कोः नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर


काठमाडौं- नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा नै पशुपंक्षी मन्त्रालय बनाइएको थियो ।

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘हामी हाम्रो देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएका छौं । यो राष्ट्रिय खुसीको अवसर हो ।’

उहाँले सरकार हरेक दिन एक कदम अगाडिको नारा सार्थक पार्ने दिशामा तीव्र गतिमा बढिरहेको समेत बताउनुभयो ।

‘हामी हरेक दिनजसो नयाँनयाँ उपलब्धि हासिल गर्दै, नयाँनयाँ उचाइ छुँदै अगाडि बढिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।