अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनगणना सुपरभाइजरको नतिजा सार्वजनिक (नतिजासहित)

जनगणना सुपरभाइजरको नतिजा सार्वजनिक (नतिजासहित)


काठमाडौं– राष्ट्रिय जनगणना २०७८ का लागि सुपरभाइजर पदको नतिजा प्रकाशन भएको छ । विभागका अनुसार आवेदकहरुले पेस गरेका व्यक्तिगत विवरणका आधारमा उत्कृष्ट आवेदक छनौट गरिएको हो ।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार ८ हजार ५ सय सुरपरिवेक्षकका लागि ४२ हजार जनाले आवेदन दिएका थिए ।

छनौट सूचीमा परेका ११ हजार २ सय ३१ जना नाम सार्वजनिक गरिएको छ । यी नाम सम्बन्धित जिल्ला जनगणना कार्यालयमा पठाइएको छ । ‘छनौट सूचीमा परेका उम्मेदवारहरुलाई सम्बन्धित जिल्ला जनगणना कार्यालयमा पठाउँछौं,’ विभागका जनगणना महाशाखाका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो, ‘त्यहाँबाट आफ्नो कार्यक्षेत्रसहित छनौट भएका उम्मेदवारले सुपरिवेक्षकको नियुक्ति पाउनेछन् ।’

रेग्मीका अनुसार छनौटमा परेका उम्मेदवारले वैशाख १० गते भित्र जिल्ला जनगणना कार्यलयमा सम्पर्क गर्नुपर्दछ । उनीहरुलाई बैशाख १५ देखि असार १५ गतेसम्मको नियुक्ती दिइनेछ । सुपरीवेक्षकको तालिम सम्बन्धित जनगणना कार्यलयमा बैशाख १६ देखि २३ गतेसम्म हुनेछ ।

सुपरिवेक्षकले के गर्नुुपर्दछ ?

जनगणनामा सुपरीवेक्षकले २० दिनसम्म घरपरिवार सुचिकरण फारम भर्नुपर्दछ । यो काम बैशाख २६ गते देखि जेठ १४ गतेसम्म हुनेछ । जनगणनाको मूख्य कार्य जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन हुन्छ । यस अवधीमा आफ्नो मातहतका गणकलाई सहजीकरण गर्ने काम सुपरीवेक्षकले गर्नेछन् । यही अवधीमा आफ्नो कार्यक्षेत्रको वडा कार्यलयबाट वडा स्तरीय सामुदायिक प्रश्नावली भर्नुपर्नेछ ।

अघिल्ला जनगणनामा सुपरीवेक्षक र गणकको जिम्मेवारीमा शिक्षकलाई परिचालन गरिएको थियो भने यस बर्ष खुला आवेदन माग गरिएको थियो । सुपरिवेक्षकका लागि स्नातक पास गरेको स्थानीय बासिन्दाको आवेदन माग गरिएको थियो भने गणकका लागि १२ पास गरेको स्थानीयबासिन्दाको आवेदन माग गरिएको थियो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

https://censushrms.cbs.gov.np/results