अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एउटा पनि विधेयक टेबल नभएरै हिउँदे अधिवेशन अन्त्य

एउटा पनि विधेयक टेबल नभएरै हिउँदे अधिवेशन अन्त्य


विराटनगर- प्रदेश १ को सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । माघ ७ गते सुरू भएको प्रदेशसभाको सातौँ अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नु भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले माओवादी केन्द्रका साथै सबै प्रतिपक्षी दलको विरोधका बीच प्रदेश प्रमुख अधिकारीले पठाएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

सभामुख भण्डारीले बैठक सुरु गर्न खोज्दा माओवादी लगायतका सबै प्रतिपक्षी दल उठेर सदन अवरुद्ध गरेका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।

हिउँदे अधिवेशनमा विधेयक अधिवेशन पनि भनिन्छ । तर प्रदेश १ को हिउँदे अधिवेशनमा भने एउटा विधेयक पनि टेबलसम्म हुन सकेन ।