अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता


सुर्खेत- ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिने कर्णालीका चार प्रदेशसभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ ।

फ्लोर क्रस गरेका एमालेका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको हो ।

उहाँहरूले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको समर्थनमा मतदान गर्नु भएको थियो । नेकपा एमालेको केन्द्रीय कमिटीले चारै जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीसमेत गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

कारबाही अघि एमालेले चारै जनालाई फ्लोर क्रस गरेर माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिनुको कारण के थियो भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेको थियो ।

सचिव कुढाथोकीका अनुसार सांसदहरू भोलि पदमुक्त हुनु हुनेछ । सोमबार बस्ने प्रदेशसभा बैठलाई जानकारी दिएपछि सांसदहरू कानुनी रूपमै पदमुक्त हनेछन् ।