अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभा बैठक स्थगित, सांसदहरूको पीसीआर परीक्षण गरिने

गण्डकी प्रदेशसभा बैठक स्थगित, सांसदहरूको पीसीआर परीक्षण गरिने


पोखरा- गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । मंगलबार बैठक सुरू भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पीसीआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेपछि बैठक स्थगित गरिएको हो ।

एमालेका सांसदहरू आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गर्नु भएको थियो ।

प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट पीसीआर परीक्षण गर्नैपर्ने माग जोडदार रूपमा उठाइएपछि तत्काल सबै सांसदको पीसीआर परीक्षण गर्ने निर्णयका साथ प्रदेशसभा बैठक बुधबार बस्ने सहमति जुटेको छ ।