अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गरेका तीन मन्त्रीद्वारा पुन: सपथग्रहण

कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गरेका तीन मन्त्रीद्वारा पुन: सपथग्रहण


सुर्खेत- कर्णाली प्रदेशमा तीन मन्त्रीले पुनः पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिनुभएका एमालेका तीन जनाले पुनः शपथग्रहण गर्नु भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार फेरि सपथ खुवाउनुभएको हो ।

यसअघि एमालेको सांसदका हैसियतले सपथ खाएका तीनै जना दलको ह्वीप उल्लंघन गररेर फ्लोर क्रस गरेपछि पार्टीले निष्काशन गरेको थियो ।

पार्टीबाट निष्काशित तीनै जनाले चैत ३ गते मुख्यमन्त्री शाहीको पक्षमा मत दिनुभएको थियो ।