अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभा बैठक साढे ४ बजेसम्मका लागि स्थगित

गण्डकी प्रदेशसभा बैठक साढे ४ बजेसम्मका लागि स्थगित


पोखरा- गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक साढे ४ बजेसम्मका लागि स्थगित भएको छ ।

करिब पौने दुई बजे सुरू भएको बैठकमा सांसदहरूले अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिएका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले बैठक साढे चार बजेसम्मका लागि स्थगित भएको प्रदेशसभालाई जानकारी गारउनुभएको छ । साढे चारबजे बस्ने दोस्रो बैठकमा अविश्वास प्रस्तावमाथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धारणा राख्ने जनाइएको छ ।

प्रदेशसभामा आजै अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेको छ ।