अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पूर्वाग्रहको दस्तावेज : सांसद थापा

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पूर्वाग्रहको दस्तावेज : सांसद थापा


काठमाडौं- एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले अविश्वास प्रस्तावमा लेखिएका धेरै कुरा सत्य नभएको बताउनुभएको छ ।

बुधबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा बोल्दै सांसद थापाले अविश्वासको प्रस्ताव अशोभनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव मैले पढेँ, साँच्चे यहाँ लेखेका कुरा सत्य छन् त? सबै मान्यहरूले छातीमा हात राखेर एकपटक सोचौँ, चिसो पानीले मुख धोएर ऐना हेरेर छातीमा हात राखेर समीक्षा गर्नुहोला ।’

अविश्वास प्रस्ताव पूर्वाग्रहको दस्तावेज रहेको भन्दै उहाँले प्रस्ताव असफल पार्नुको विकल्प नभएको बताउनुभयो । सत्तापक्षभन्दा पनि मुख्यमन्त्रीले प्रतिपक्षलाई प्राथमिकता दिए पनि गुलीया कुरा गरेर मुख्यमन्त्रीलाई धोका दिइएको आरोप लगाउनुभयो । ‘प्रतीपक्ष साथीहरूले मुखमा राम राम बगेलीमा छुरा लिएर हिँड्नुभयो, त्यसको मूल्यांकन गर्नुपर्छ कि पर्देन? अहिले नगरे पनि जनताले पछि पक्कै मूल्यांकन गर्छन्,’ उहाँले भन्नुभयो ।

अविश्वास प्रस्ताव फाटेको धोती जस्तै रहेको पनि उहाँले टिप्पणी गर्नुभयो । मुख्यमन्त्रीविरुद्ध भएको षड्यन्त्र जनताले चिर्नेमा आफूहरु विश्वस्त रहेको बताउँदै उहाँले भन्नुभयो, ‘एउटा मात्र हिउँदले जाँडो जाँदैन, चुनाव फेरि पनि आउँदैछ, डेढ वर्षपछिको चुनावमा गण्डकीका जनताले हिसाबकिताब गर्छन् ।’

उहाँले अविश्वासको प्रस्तावमा उठाइएका पाँच बुँदाहरू तथ्यहिन रहेको दावी गर्नुभयो । ‘अविश्वासको प्रस्ताव आग्रह, पूर्वाग्रहले मात्र प्रेरित छैन अप्राकृतिक, राजनीतिक अखण्डन र मात्र सत्तालिप्सामा यो केन्द्रित छ, हामी सबैले यो कुरा सगौरव भन्न सक्छौँ,’ सांसद थापाले भन्नुभयो ।