अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

सङ्क्रमित जनप्रतिनिधिको मृत्यु


बागलुङ- बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

श्वासप्रश्वास कै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँ गाउँ कार्यपालिका सदस्य हुनुहुन्छ ।