अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा तीन मन्त्री थपिए, दुईको राजीनामा

कर्णालीमा तीन मन्त्री थपिए, दुईको राजीनामा


सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले बुधबार रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री) सुर्खेतका विन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) नियुक्त गर्नुभएको छ । साथै, माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्री नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार विहान ११ बजे तय गरिएको छ ।

आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तिरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राजीनामा दिएका छन् ।

१.महेन्द्रबहादुर शाही, मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय
२.नन्दसिंह बुढा, मन्त्री – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
३.अमरबहादुर थापा, मन्त्री – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
४.कुर्मराज शाही, मन्त्री – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
५.विन्दमान विष्ट, मन्त्री – आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्रालय
६.सीता कुमारी नेपाली, मन्त्री – जलस्रोत तथा उर्जा विकास मन्त्रालय
७.गोपाल शर्मा, मन्त्री – आर्थिक मामिला तथा योजना मन्त्रालय