अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा माओवादीले धोका दियो : कांग्रेस सांसद शाही

कर्णालीमा माओवादीले धोका दियो : कांग्रेस सांसद शाही


काठमाडौं- कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले माओवादी केन्द्रले सुरुमै सहमति उल्लङ्घन गरेको बताउनुभएको छ ।

आफूहरूले विश्वास गरेर माओवादीलाई विश्वासको मत दिएको भए पनि माओवादीले सुरूमै त्यसको पालना नगरेको उहाँको आरोप छ, ‘हामीले विश्वासको मत दिएको र एमालेले फ्लोर क्रस गरेको कारण माओवादी सफल भयो, तर अहिले आफूखुसी गर्न लागे,’ आईएनए न्युज एजेन्सीसँगको कुराकानीमा शाहीले भन्नुभयो ।

माओवादीले कांग्रेसलाई सत्तामा आउनु पर्‍योभन्दा तत्काल दुई वटा मत्रालय दिने र कात्तिकबाट मुुख्यमन्त्री दिने सहमति भएको उहाँले बताउनुभयो । ‘हामीसँग भएको सहमतिको कुनै वास्ता नगरेर उनीहरू उनीहरूले पहिले नै मन्त्रिपरिषद गठन गरेर हामीलाई एउटा मन्त्रालय छाडेका थिए, एउटा मन्त्रालयमा हामी जाँदैनौँ भनेका थियौँ’, उहाँले भन्नुभयो ।

पछिल्लो पटक कांग्रेसलाई थाहा नै नदिई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना मन्त्री थपेपछि समस्या थपिएको उहाँले बताउनुभयो । मुख्यमन्त्रीले विधि बाहिर गएर मन्त्रालय फोरेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेशको नियमावलीमा सात वटा मन्त्रालय गठन गर्ने व्यवस्था रहेको छ । तर प्रदेश प्रमुखले नियमावली नै संशोधन नगरी मन्त्रालय फोरेर आठ वटा मन्त्रालय बनाएको उहाँको भनाइ छ । ‘नियमावली परिवर्तन गर्नु पर्‍यो, त्यसमा अन्योलता छ’, शाहीले भन्नुभयो ।