अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार

माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार


रूपन्देही- नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर पाण्डे घाइते भएका छन् ।

उहाँसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँको शरीरका दुई गोली लागेको जनाइएको छ ।

गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको थियो ।

गोली किन र कसले हान्यो अझै खुल्न सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।