अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ : मुख्यमन्त्री पौडेल

जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ : मुख्यमन्त्री पौडेल


हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतान्त्रिक व्यवस्थाप्रति जनताको भरोसा बढाउन परिवर्तनको अनुभूति गराउनु आवश्यक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक खिचातानीका कारण व्यवस्थाप्रति नै नैराश्यता पैदा गर्ने जबर्जस्त प्रयास हुँदै आएको उल्लेख गर्नुभएको छ ।

कुनै पनि व्यवस्था अभ्यासबाट परिपक्व हुँदै जाने उल्लेख गर्दै पौडेलले संवैधानिक तथा कानूनी प्रबन्धको परिधिभित्र रहेर संवैधानिक दायित्व पूरा गर्ने संस्थालाई अनावश्यक विवादमा तान्नु नहुने बताउनुभएको छ ।

‘नेपाली जनताको अथक सङ्घर्ष र बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो, गणतन्त्र दिवसका अवसरमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु, घाइते एवम् अङ्गभङ्ग भई उपचारमा रहनुभएका योद्धाहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु,’ पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।