अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लघुकथा: दर्शन काकाको भरिया जीवन

लघुकथा: दर्शन काकाको भरिया जीवन


ज्यामिरेका दर्शन काका उमेरले धेरै पाका छन्। गाउँमा झुपडीको ठेगान नभाका ती काका शहरका भरिया हुन्। काका कसैको फुट्टि बिर्गादैनन्। कामले भ्याइनभ्याई ती काका बेलुका भाडाको कोठामा चाउचाउको झोल र एक पोका भुजा खाने गर्छन्। सानैमा बा-आमा गुमाएका टुहुरा दर्शन काका आफूलाई आफू जन्मेको ठ्याक्कै साल थाहा छैन भन्छन् । उनका अनुसार ज्यामिरेका ठूलबालाई उनी जन्मेको साल थाहा थियो रे ।

सानैमा गाउँका मुखियाको घरमा गोरु चराउने काममा लागे रे उनकी मावली पट्टीकी बज्यै मास छर्न गएपछि। ‘म त बाबु घर न घाटको भए त्यतिबेला’, उनले थपे। मलिन स्वरमा जहान बच्चा गाउँमै हो कि भन्ने प्रश्नमा काकाले भने, ‘मेरो बिहे गरिदिन्छु भन्ने मुखिया बा हार्ट अट्याकबाट बित्नु भयो। अनि म शहर छिरे पेट पुजाको खोजीमा। शहरको ल्याकुरी टोलमा जुँगे साहुको मा भाँडा माज्ने काम पाए।’ उनले अगाडि थपे, ‘मलाई खाना पाए पुग्यो तैपनि जुँगे साहु जी तँ फोहरी शरीर त नुहा भनि बास्नादार साबुन किनिदिनुहुन्थ्यो। कस्तो खुसी लाग्थ्यो त्यो बेला?’ बिस्तारै दर्शन काका ठूलो भए रे।

जुँगे साहुकोमा खाना पाइने त्यसैले नाम्लो किनेर भारी बोक्ने काम सुरु गर्नुभयो रे उहाँले। समयको चक्रसँगै नामुद भरियाको रूपमा उनी चिनिए। दिनभरि काम गरे त्यो बेला काकालाई सय रुपैयाँ मिलिहाल्ने। बेलुका पर्सेनी साहुनीकोमा आधा बोतल जाँड २ वटा खुर्सानीको स्वादमा एकै घुट्कोमा तान्थे रे। पछि त शहरमा उनको नाम ज्यामिरेका रहन गयो रे। काकाको उम्मेर बढ्दै गयो। ताकत सकियो। रगत सुक्यो। काकाका पाखुरा पात्लिए।

पञ्चायतमा नागरिकता बनाउन पर्सेनीको छोराको सहरमा उनी गर्खा पसे। पञ्चायतका मुखियाले उनलाई सोधे खोइ बाआमाको नागरिकता भनि। निरुत्तर फर्किए बाबु भन्दै निधार कन्याए। हेर्दै जाउ बा के हुन्छ भाग्यको खेल, मैले देखेको ज्यामिरे खोलाको साउने भेल। यस्तै रहेछ जीन्दगी कहिले यता कहिले उता बाबु भन्नै मुस्किल!

(आख्यानकार कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक हुन्)

यो पनि- Poem: Hey! Snobbish