अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशसभा : पुनःबहालीपत्र प्रस्तुत

कर्णाली प्रदेशसभा : पुनःबहालीपत्र प्रस्तुत


सुर्खेत- कर्णाली प्रदेशसभाको बैठकमा सर्वोच्च अदालतको आदेशबाट हालै पुनर्वहाली हुनुभएका प्रदेशसभा सदस्यको नाम पढेर सुनाइएको छ ।

सभामुख राजवहादुर शाहीले आजको बैठकमा प्रदेससभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पुनर्वहाली हुनुभएको जानकारी दिनुभयो ।

बैठकमा नेकपा (एमाले) का संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका भनिएका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले प्रमुखप्रतिपक्षी दलले भन्दैमा सरकारमा सहभागी मन्त्री फिर्ता नहुने जिकिर गर्नुभयो ।