अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलिउड अभिनेता चन्द्रशेखरको निधन

बलिउड अभिनेता चन्द्रशेखरको निधन


मुम्बई- बलिउडका निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन भएको छ । उहाँको आज बिहान ७ बजे ९७ वर्षको उमेरमा निधन भएको हो ।

चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा गर्दै उहाँको निधन सुतिरहेको समयमा भएको बताउनुभएको छ । स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै उहाँले शान्तिपूर्ण तरिकाले पिताले अन्तिम सास लिएको बताउनुभएको छ ।

चन्द्रशेखरले २५० भन्दा बढी चलचित्रमा काम गर्नु भएको । उहाँले नायकको रूपमा सन् १९५३ मा ‘सुरंग’ नामक चलचित्रमा काम गर्नु भएको थियो । उहाँले ‘गेटवे अफ इन्डिया, फेसन, बरसात कि रात’ लगायतका चलचित्रमा पनि काम गर्नु भएको छ ।

चन्द्रशेखरले हिट म्यूजिकल चलचित्र ‘चा चा चा’मा निर्देशक, निर्माता र नायकको रूपमा भूमिका निर्वाह गर्नु भएको थियो ।