अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा हवाई संकटकाल, १५ लाख यात्रु अलपत्र

अमेरिकामा हवाई संकटकाल, १५ लाख यात्रु अलपत्र


काठमाडौ – अमेरिकी हवाई उड्डयन प्रशासनले प्राविधिक तथा सञ्चार प्रणालीमा समस्या आएपछि देशभरका विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोक्ने आदेश जारी गरेको छ।
अमेरिकाको संघीय उड्डयन प्रशासनले असाधारण परिस्थिति र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै देशभरका उडान रोक्ने निर्णय गरेको हो ।

अमेरिकी यातायातमन्त्री सीन डफीका अनुसार देशभरका एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा सञ्चारसम्बन्धी समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो।
उड्डयनको प्राविधिक टोलीले समस्याको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् ।

देशभरका विमानको आवागमन व्यवस्थापन गर्ने एयर ट्राफिक कन्ट्रोल सेन्टरहरूमा सञ्चार प्रणाली अवरुद्ध भएको थियो ।

यी केन्द्रहरूले अमेरिकाभर एक स्थानबाट अर्को स्थानमा जाने विमानहरूको उडान व्यवस्थापन र निगरानी गर्छन् ।

ँ उड्डयन कार्यलयले जारी गरेको सूचनामा अर्को आदेश जारी नभएसम्म उडान रोक्न निर्देशन दिइएको थियो। अन्तर्राष्ट्रिय उडानहरूलाई भने परिस्थितिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने बताइएको थियो।

साइबर आक्रमणको आशंका छ
अमेरिकी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा यो घटना साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको बताएका थिए। समस्या दूरसञ्चार प्रणालीमा आएको अवरोधसँग सम्बन्धित रहेको जनाइएको थियो। अमेरिकामा यसअघि सन् २०२३ को जनवरीमा पनि देशव्यापी उडान रोकिएको थियो। त्यतिबेला पाइलटहरूलाई उडान सुरक्षासम्बन्धी सूचना दिने कम्प्युटर प्रणालीमा समस्या आएको थियो।

त्यसअघि सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणपछि अमेरिकाभरका उडान रोकिएका थिए। नोभेम्बर १३ मा आएको सञ्चार प्रणालीको अवरोधपछि देशव्यापी उडान रोक्ने आदेश हटाएको छ। तर हजारौँ उडान प्रभावित भएकाले हवाई यातायात सामान्य अवस्थामा फर्किन समय लाग्ने अधिकारीहरूले बताएका छ ।