काठमाडौं- अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए ।
अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान गरिसकिएको र देशको हवाई क्षेत्र पुनः खुला गरिएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा तत्काल पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन नसक्ने र क्रमशः सञ्चालनमा ल्याइने उनले बताएका छन्।
यसका कारण विमानको राडारसम्बन्धी तथ्याङ्क प्राप्त गर्न र विमानसँग सम्पर्क कायम गर्न कठिनाइ भएको थियो ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभर ग्राउन्ड स्टप अर्थात् विमानलाई जमिनमै रोक्ने निर्णय गरेका थिए ।
त्यतिबेला आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए। सबै विमानले हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए ।



प्रतिक्रिया