अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुशल नेतृत्वका लागि ‘नमूना गाउँसभा’ कार्यक्रम

कुशल नेतृत्वका लागि ‘नमूना गाउँसभा’ कार्यक्रम


ताप्लेजुङ-गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आबद्ध यहाँका युवालाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो ।

यो कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने बिहीबार गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको सभा, कार्यपालिका, वडा समितिलगायत सबै जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकारका विषयमा अभिमुखीकृत गरी असल नेतृत्वको विकास गर्ने उद्देश्यले उक्त योजना बनाइएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो ।

सुशासनलाई कायम राख्दै राज्यको विधि, पद्धतिअनुरुप समाजलाई अघि बढाउन यो कार्यक्रमले सहयोग पुग्ने गुरुङको विश्वास छ । खराब नेतृत्वबाट नै समाजमा बेथिति सिर्जना हुने र त्यसले नकारात्मक प्रभाव पार्ने भएकाले असल नेतृत्व विकासका लागि अग्रसर भएको उहाँको भनाइ छ ।