अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख अर्यालले भेटे भीमफेदी दुर्घटना पीडित, राहत र उपचारमा पहल गर्ने प्रतिबद्धता

सभामुख अर्यालले भेटे भीमफेदी दुर्घटना पीडित, राहत र उपचारमा पहल गर्ने प्रतिबद्धता


काठमाडौं-सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार, आफन्त तथा घाइतेसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्।

सोमबार सर्लाही पुगेर सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेसँग भेट गरेका हुन्। भेटका क्रममा उनले पीडित परिवारको पारिवारिक तथा आर्थिक अवस्था र घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवारलाई राज्यका तर्फबाट उचित राहत तथा सहयोग उपलब्ध गराउन र घाइतेको उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको हाइस मकवानपुरको भीमफेदीमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।