अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु


बारा- बाराको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको ज्यान गएको छ ।

सिमरास्थित उद्योगमा शनिबार राति भएको आगलागीमा परेर दुई भारतीय मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारको सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका छन् । उनीहरुको सिमरामा उपचार भइरहेको छ । फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।