काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताउनुभएको छ ।
आज वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताउनुभएको हो ।
‘योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकाक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको पनि उहाँले दाबी गर्नुभयो ।
‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बद्र्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौं । विकास गर्दै लगेका थियौं । इतिहासमा पहिले कहिल्यै नभएका ठूलाठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्धा ढंगले प्रकट हुँदै आएको टिप्पणी बताउनुभयो ।







प्रतिक्रिया