काठमाडौं- माओवादी छाडेर एमालेमा गएका नेताहरूले माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उनीहरूले आयोगमा आज निवेदन दिएका हुन् । निवेदनमा उनीहरूले माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन् ।
‘संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार निवेदनमाथि सचिवालयमा अध्ययन हुने र व्यहोरासहित आयोगमा पेश गरेर निर्णय हुनेछ । माओवादी छाडेर एमाले गएका रामबहादुर थापा बादलनिकट नेताहरूले माओवादी केन्द्रको दर्ता खारेज गर्न निवेदन दिनुभएको हो ।
माओवादीले लामो समय बितिसक्दा पनि महाधिवेशन नगरेको भन्दै उनीहरूले पार्टीको दर्ता खारेज गर्न माग गरेका हुन् ।







प्रतिक्रिया