अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक सुत्केरीको खर्च प्रधानमन्त्रीपत्नी शाक्यले बेहोर्नुभयो

उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक सुत्केरीको खर्च प्रधानमन्त्रीपत्नी शाक्यले बेहोर्नुभयो


काठमाडौं– उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रबार नै उहाँलाई डिस्चार्ज गराउनु भएको हो ।

उपचार खर्च तिर्न नसकेर खातुन चार दिनदेखि बन्धक बन्नुपरेको थियो । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना हुनुभएको थियो । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चवापत रु एक लाख १० हजार बुझाउन नसक्दा उहाँ चार दिनदेखि बन्धक बन्नुपरेको थियो । प्रधानमन्त्री पत्नी शाक्यले बिहीबार नै प्रहरीको सहयोगमा अस्पतालको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारी गराई खातुन र बच्चालाई मुक्त गराउनु भएको हो ।

यसअघि उपचार खर्च तिर्न नसकेको भन्दै अस्पताल प्रशासनले खातुनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको थियो । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न नसकेको र सुत्केरी अस्पतालमै बन्धक बनेका समाचार पढेपछि शाक्यले खातुनको सवै उपचार खर्च बेहोर्नुभएको हो । शाक्यले भोलिसम्ममा अस्पतालको रकम जम्मा गरिदिने बताउनु भएको छ ।