अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाले दिएको १५ लाख डोज ‘जोन्सन एन्ड जोन्सन खोप’ सोमबार नेपाल आइपुग्ने

अमेरिकाले दिएको १५ लाख डोज ‘जोन्सन एन्ड जोन्सन खोप’ सोमबार नेपाल आइपुग्ने


काठमाडौं- कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान नेपाल आइपुग्नु जानकारी दिनुभएको हो ।

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले उपहारमा दिन लागेको जनाइएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका देशलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।