अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायमूर्तिले पार्टीमाथि अर्डर–अर्डर गर्दाको परिणाम के हुन्छ ?

न्यायमूर्तिले पार्टीमाथि अर्डर–अर्डर गर्दाको परिणाम के हुन्छ ?


कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर हुनुहुन्छ । उहाँको भौतिक शरीर नरहे पनि उहाँको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी जीवितै छ । कमरेड पुष्पलालले नेपालको राजनीति, भूगोल, अन्तर्राष्ट्रिय परिवेश र नेपाली जनताको चाहनालाई मध्यनजर गर्दै जनताले भोग्दै आएको शोषण, दमन, भ्रष्टाचार, न्यायमा पहुँच र उत्पादनमा जनताको नियन्त्रणको दृष्टिले नेपाली भूमिबाट जनमुक्तिको आन्दोलन आवश्यक रहेको ठहर गर्नुहुँदै आन्दोलन सफल पार्न वामपन्थी एकता, संयुक्त मोर्चा जस्ता महत्वपूर्ण कार्यनीति अघि सार्नु भएको देखिन्छ । उहाँले अघि सार्नु भएको सो कार्यनीति अहिले पनि त्यतिकै सान्दर्भिक देखिएको छ ।

कमरेड पुष्पलाल श्रेष्ठको अगुवाईमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको इतिहास हेर्दा लामै देखिन्छ । कम्युनिष्ट आन्दोलनको इतिहासलाई सामाजिक परिवर्तन वा रुपान्तरणको दृष्टिले नै हेर्नु पर्छ । नेपालको लोकतान्त्रिक आन्दोलनको सँधै नेतृत्व गरिरहने नेपाल कम्युनिष्ट पार्टीले राज्यसत्ता परिवर्तन गर्ने लडाइँमा निक्कै अनुभव संगालेको छ । लामो लडाइँको अनुभव संगाल्दा धेरै नोक्सानी पनि व्यहोरेको छ । नेकपाले शान्तिपूर्ण आन्दोलनदेखि हातियार उठाउनेसम्मको लडाइँ गरेको छ । तर, नेपाली कम्युनिष्ट आन्दोलनलाई भजाएर आफ्नो स्वार्थ सिद्ध गर्नेहरू पनि बेलाबेला नदेखिएका हैनन् । नेपालका कम्युनिष्ट कार्यकर्ताहरुको निगरानीको कारण अहिले पनि कमरेड पुष्पलालले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत नेकपा एमालेले थाम्दै आएको छ । नेकपा एमालेको अगुवाईमा नेपाली कम्युनिष्ट पार्टीलाई जनतामाझ लोकप्रिय बनाउने र स्थापित गराउने केही महत्वपूर्ण कामहरु पनि भएकाले नेपालको कम्युनिष्ट आन्दोलन देशी विदेशी बुर्जुवा शक्तिहरुको निशानामा पर्ने गरेको छ ।

नेकपा एमालेको निर्णयको अवज्ञा गर्दै एमालेबाट निर्वाचित २२ जना सांसदले नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन पक्षमा मतदान गरेका थिएभने ११ जना एमाले सांसदले पार्टी निर्णयलाई लत्याउँदै तटस्थ बसेका थिए । धेरैको नजरमा विपक्षमा मतदान गर्ने मात्र बेठिक हुन भन्ने लाग्न सक्छ ।

राणाकालका सामन्ती आर्थिक संरचनाहरू, बिर्तावाल, तालुकदार, जिम्वाल, मुखिया जस्ता सामन्ती शासकीय संरचनाहरू र अर्कोर्तफ सामन्ती अधिनायकवादी शासनका विरुद्ध अनेकन प्रकारका आर्थिक–राजनीतिक संघर्षहरू नेपालमा आवश्यक थियो । सामन्तहरुले जनतालाई खान र लाउनसमेत नपुग्ने गरी दास बनाएर कज्याएको अवस्थाबाट मुक्त पार्न पनि कम्युनिष्ट पार्टीको आवश्यकता थियो । जनता नागरिक अधिकारबाट बंचित रहेको, जनताले मौलिक हक अधिकारबाट विमुख भएको, नेपालको उत्पादनको क्षेत्रमा जनता रहे पनि उत्पादनमाथि सामन्तहरुको नियन्त्रण रहेकाले उत्पादनमाथि जनताको नियन्त्रण आवश्यक थियो । अर्थात गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीमा सुधार ल्याउन राज्यको सयन्त्रले नै रोकेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको उदय आवश्यक थियो नै ।

कमरेड पुष्पलालले संगठनको स्वरुप दिनु भएको नेपाल कम्युनिष्ट पार्टीले देशभरि छरिएर रहेका कम्युनिष्टहरुलाई गोलबन्द गर्ने काम ग¥यो । त्योबेला देशैभरि असंगठित रुपमा कम्युनिष्ट कार्यकर्ताहरु रहेका थिए । कम्युनिष्ट पार्टीले जनताको आन्दोलनको नेतृत्व गर्न थालेपछि निरंकुश र सामन्ती वर्गको पक्षपोषण गर्ने तात्कालिन सरकार र सामन्ती अर्थव्यवस्थाको जग हल्लाउने मात्र नभई विभिन्न सुधारात्मक कार्य गर्न तात्कालिन सरकारलाई बाध्यात्मक अवस्थामा पु¥याएको सबैलाई थाहा भएकै कुरा हो । एक सताव्दीभन्दा लामो जहानियाँ राणाशासन र त्यसपछिको पञ्चायती व्यवस्थाले नेपाली समाजले उन्नति र प्रगति गर्न नसकेको मात्र होइन प्रगतिको बाधक नै बनेको थियो । नेपाली कम्युनिष्ट आन्दोलनलाई मसिनो गरी नियाल्ने होभने पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई पार्टीको संगठनात्मक रुप दिनुभयो । त्यतिमात्र होइन पुष्पलालले संगठित शक्तिलाई अगाडि बढाउने बाटो पनि देखाउनुभयो त्यो हो कम्युनिष्ट पार्टीको घोषणापत्र । माक्र्सले लेख्नुभएको कम्युनिष्ट घोषणापत्रलाई उहाँले नेपालीमा अनुवाद गरेर आफ्नो अभियानको दार्शनिक, सैद्धान्तिक आधार प्रस्तुत गर्नुभयो । नेपाली समाजलाई परिवर्तन र रूपान्तरणको लागि पुष्पलालले गर्नु भएको योगदान अतुलनीय छ । पुष्पलालभन्दा अघि पनि नेपालमा कम्युनिष्टहरु थिए । तर, कसैले कम्युनिष्टहरुलाई एउटै पार्टीभित्र संगठित गर्नु पर्छ भनेर काम गरेनन् । पुष्पलालले त्यो समयमा नेपाल कम्युनिष्ट पार्टीलाई जीवन प्रदान गर्नु भएकोले पनि नेपाल कम्यनिष्ट पार्टीले पुष्पलाललाई संधै सर्वोच्च स्थानमा राखेको छ ।

कमरेड पुष्पलालले निर्माण गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीको जगलाई मजबुत बनाउने काम जननेता मदन भण्डारीले गर्नु भएको छ । विश्व कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक स्थितिमा रहेको अवस्थामा, शोभियत रुसमा लेनिनको शालिक ढल्दै गरेको अवस्थामा, विश्वमा कम्युनिष्टहरुलाई हाँस्यको पात्र बनाउँदै गरेको अवस्थामा र विश्वका साम्राज्यवादी शक्तिहरु र पूजिवादी शक्तिहरुले कम्युनिष्टहरुलाई निक्कै चुनौति खडा गर्दै गरेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले आफूलाई जनताकै पंक्तिबाट सशक्त ढंगले प्रस्तुत गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीले नेपालको विशिष्ट अवस्थामा माक्र्सवादको सिर्जनात्मक ढंगले प्रयोग गर्ने नेपाली मौलिकता रहेको पार्टीको मार्ग दर्शक सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवादलाई प्रस्तुत गर्नुभयो । यो नेपाली क्रान्ति र क्रान्तिपछिको निर्माण कालमा समेत मार्गर्दशन गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यान्वयन गर्ने कार्यक्रम दुवै हो ।

नेपाल कम्युनिष्ट पार्टी आफैमा प्रजातान्त्रिक पार्टी हो । रिपोटिङमा जनवाद र अनुशासनमा केन्द्रीयता अंगालेको नेपाल कम्युनिष्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तको आधारमा सञ्चालित छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई नियाल्ने होभने विचार, सिद्धान्त, नीति–कार्यक्रम सबै कार्यान्वयन पक्षलाई नियाल्ने होभने नेपाल कम्युनिष्ट पार्टी नै लोकतान्त्रिक पार्टी हो । बरु नाममा आफूलाई अब्बल बताउने काम जिमिदारी शैलीबाट गर्ने नेपाली कांग्रेसको पार्टीको संगठनात्मक शैली निर्वाचन र संगठनको स्वरुप, क्रियाशील पार्टी जीवन हेर्दा बरु उ डेमोक्रेसी नभई अटोक्रेसीजस्तो देखिन्छ । कम्युनिष्ट पार्टीले जनताको मतबाटै पार्टी र सरकार चलाउने विधी संसारमै नौलो र सर्वमान्य विधी अंगिकार गर्ने तात्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टीको मार्गर्दशक सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवाद प्रस्तुत गरेपछि नेपालको बाम आन्दोलनमा मात्र होइन लोकतान्त्रिक आन्दोलनमा समेत बदलाव आएको सबैले महसूस गरेकै कुरा हो ।

०६२÷६३ को जनआन्दोलनले सामन्त वर्गको हातबाट राज्यसत्ता खोसेर समाजको जग नै परिवर्तनको लागि मार्गप्रसस्त गरेको छ । सामन्त वर्गको हातबाट राज्यसत्ता खोस्ने र समाजको जग परिवर्तनको लागि मार्ग प्रसस्त गर्ने यो घटना सामान्य होइन, यो देशलाई समाजवादी मार्गमा प्रवेश गराउने एउटा निर्णायक आन्दोलन पनि हो । त्यसैले यो नेपालको विशिष्ट परिस्थितिमा भएको एउटा विशिष्ट प्रकारको पुँजीवादी जनवादी क्रान्ति भन्दा पनि हुन्छ । यो क्रान्ति नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको नीति र जनताको बहुदलीय जनवादले अँगालेको शान्तिपूर्ण संघर्षको बाटोअनुरूप भएको छ । यस क्रान्तिले सामन्तवादमाथि निर्णायक प्रहार गरेको छ र नेपाली समाजलाई पुँजीवादको चरणमा प्रवेश गराएको छ । आजभन्दा ५२ वर्षअघि पुष्पलालले अंगालेको नीति र २७ वर्ष अगाडि नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादका कारण नेपालमा गणतन्त्र ल्याउन सम्भव भएको हो । जनताको बहुदलीय जनवादलाई नेपाली जनताले २०७४ सालको निर्वाचनबाट अनुमोदनसमेत गरेका छन् । बास्तवमा भन्ने होभने जनताको बहुदलीय जनवादले जनताका तात्कालिन, मध्यकालिन र दीर्घकालिन कार्यक्रमहरु समेटेको छ । यसले स्पष्ट संकेत गरेको छ कि अब सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउने नेपाली जनताको कार्यक्रम जनताको बहुदलीय जनवाद नै भएको छ । यसअर्थ नेपाली कम्युनिष्ट आन्दोलनले अर्का शीर्ष व्यक्तित्व मदन भण्डारीलाई नेपाली जनताले जननेता भन्न थालेका हुन ।

कमरेड पुष्पलालले सुरु गर्नु भएको कम्युनिष्ट एकताको अभियान केही कम्युनिष्ट पार्टीभित्रका विभिषणहरुले बीचमा रोक्न नखोजेको होइन । कमरेड पुष्पलालदेखि जनन्ता मदन भण्डारीले पार्टीको मार्गदर्शक सिद्धान्त जबजको घोषणा हुँदै कार्यान्वयनमा लाग्नु भएको पार्टी अध्यक्ष केपी ओलीसम्मको अवस्थामा आइपुग्दा पार्टीभित्र विभिषणहरु मात्र होइनन् केही भष्मासुरहरु पनि जन्मिएका रहेछन् । जसलाई पछिल्लो कालखण्डले पुष्टि गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालको अभियानलाई कार्यान्वयनको तहमा पु¥याउन जमर्को गर्दै हुनुहुन्थ्यो । ओलीको यो अभियान सफल भएको भए नेपाली जनताले सुखको अनुभूति गर्ने थिए । तर, अध्यक्ष ओलीको यो कदमलाई नरोक्ने हो भने नेपालमा हामीले मौका पाउने छैनौंभन्ने आसयमा आफ्नै पार्टी भित्र र बाहिरबाट सत्ता ढाल्ने प्रयत्न गरियो । नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई सोही पार्टीका माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको असहिष्णुताले गर्दा पार्टीले नेतृत्व गरेको सरकार पूरा समय सञ्चालन हुन पाएन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिष्ट पार्टी बचाउन नेपाली कांग्रेसलाई भोट दिउँ भनी खनालले विज्ञप्ति जारी गर्नु भएको थियोभने नेपालले भोट हाल्न सांसदहरूलाई लगाउनु भएको थियो । उहाँहरूको एजेण्डा ठीक थियो रे ! कम्युनिष्ट आन्दोललाई बचाउन उहाँहरुले कम्युनिष्ट पार्टीको सरकार गिराएर कम्युनिष्ट विरोधीलाई सत्तामा पुर्‍याउनु भएको रे ! उहाँहरूको एजेण्डा सही भएकोले अदालतले पनि सही ठहर गर्‍यो रे ! उहाँहरुले जनतासँग सूर्य चिन्हमा भोट मागेर त्यो भोटको दुरुप्रयोग गर्दै उहाँहरुले रुख चिन्हमा मतदान गर्नुभयो । उहाँहरूको यो रवैया जनताले बुझेका छन् । कुन एजेण्डा ठीक थियो वा बेठिक थियो जबराको परमादेशले होइन जनताको आदेशले सिद्ध गर्ने छ ।

यो सरकार अरूकै लागि कम्फर्टेबल भएको छ त्यसकारण त भारतले बधाई नदिउन्जेल उनीहरु निक्कै भुटभुटिएका थिए गठबन्धनका पक्षहरू । विश्वासको मत नपाउन्जेल भारतलगायतका देशरुले बधाई तथा शुभकामना दिएका थिएनन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले वर्तमानको आफ्नो अस्वस्थ अवस्थालाई तिलाञ्जलि दिँदै अब सुन्दर भविष्यको खोजीमा आजदेखि अघि बढ्नुको विकल्प छैन । केही समय हतारो नगरे पनि अबभने एमालेले आफ्नो शुन्दर भविष्यको खोजी गर्नै पर्छ । एमालेलाई बाहिरबाट केही गर्न नसक्ने अवस्था आएपछि एमाले भित्रबाट गतिहीन बनाउने षडयन्त्र शुरु भएको सबैलाई जगजाहेर नै छ । नेकपा एमालेको निर्णयको अवज्ञा गर्दै एमालेबाट निर्वाचित २२ जना सांसदले नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन पक्षमा मतदान गरेका थिएभने ११ जना एमाले सांसदले पार्टी निर्णयलाई लत्याउँदै तटस्थ बसेका थिए । धेरैको नजरमा विपक्षमा मतदान गर्ने मात्र बेठिक हुन भन्ने लाग्न सक्छ । तर, विपक्षमा मतदान गर्नेहरु त बाहिर गइसके त्योभन्दा तटस्थ बस्नेहरु नेकपा एमालेका लागि खतरनाक सावित हुने छन् । त्यसकारण नेकपा एमालेका निम्ति यी दुबैखाले प्रवृत्ति हानिकारक छन् । पार्टीले सही विश्लेषण गरेर ठीक निर्णय लिनु पर्दछ । अहिले एमाले आत्तिनुको कुनै कारण छैन, देश र जनताको पक्षमा काम गर्नेहरुको विरुद्ध चोरीखाने र लुटी खानेहरु एकजुट हुनु स्वभाविक हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई के कारणले विरोध गर्नु परेको हो ? जनताले अहिलेसम्म प्रष्ट कुरा बुझ्न पाएका छैनन । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले देखाएको बाटो अनुसार जनताको जीवनस्तर उठाउन लाग्नु भएको थियो । ओलीले नेतृत्व गर्नु भएको सरकारले गरेको कामको नतीजा केही देखिसकेको छ भने केही देखिने क्रममा छ । एमालेको सरकार कति जनताको घरमा टीनको छानो भएर पुगेको थियो, कही घरअगाडिको सडक बनेर पुगेको थियो, कही विजुली त कही खानेपानी बनेर, कही सुरुङ्ग मार्ग त कही जेष्ठ नागरिक सम्मान भत्ता बनेर पुगेको थियो । आफ्नै देशमा उत्पादित जीवनजल जनताको घरमा पुर्‍याउन नसक्ने नेपाली यस्तो हुन्छ भनेर विश्वका ठूला तथा सम्पन्न राष्ट्रले समेत नपाइरहेको अवस्थामा कोभिड विरुद्धको भ्याक्सिन बोकेर एमाले जनताको घर दैलोमा पुगेको छ त्यसकारण नेकपा एमाले शीर झुकाएर होइन शीर उठाएर जनताको घर दैलोमा पुग्छ र पुग्नुपर्छ ।

सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री हुनुभएका ‘प्रजातन्त्रवादी’ नेता शेरबहादुर देउवाले निर्दलीय शैलीमा विश्वासको मत पाउनुभयो । यसको अर्थ स्पष्टै छ अब देशमा हुने हरेका काम प्रजातान्त्रिक शैलीबाट नभई निर्दलीय शैलीबाट हुनेछ । उहाँले प्रधानमन्त्रीको विश्वासको मत पाएकै दिन भूमिहीन आयोग खारेज गर्नु भएको छ । किनभने जनतालाई दिने राहत नेपाली कांग्रेसको लागि मात्रै नभनौं अहिलेको एमाले विरोधी मोर्चालाई पटक्कै चित्त बुझेको छैन । कुरा प्रष्टै छ यदि जनताको पक्षमा भएका कामको सही विश्लेषण गर्नेभए अहिले ओली सरकारलाई ढाल्न सबैखाले जन विरोधी शक्तिहरु गोलबन्द हुने थिएनन् ।

अहिलेसम्म सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकालाई मात्रै आक्रमण गरेको थियो । अब भने सर्वोच्च पार्टीतिर फर्किने सम्भावना देखिन्छ । यदि सर्वोच्च अदालतका कुनै न्यायाधीशहरू पार्टीमाथि रुलिङ गर्न थाले भने त्यसको प्रतिकारमा एमाले अध्यक्षले कानुनी राजको पालना गरौँ अदालतको विरुद्धमा नजाऔं भनेर थामिनेबाला छैन जनताले मान्ने छैनन्, कार्यकर्ताले मान्ने छैनन्, त्यो अवस्था नआओस् ।

एमाले विरोधीको मोर्चा बन्दी नै जनताको पक्षमा हुन लागेको कामलाई नियन्त्रण गर्दै निष्तेज बनाउने अहिलेको गठबन्धनको कार्य हो । एमालेको सरकार जनताको लागि कम्फर्टेवल थियो । यो सरकार अरूकै लागि कम्फर्टेबल भएको छ त्यसकारण त भारतले बधाई नदिउन्जेल उनीहरु निक्कै भुटभुटिएका थिए गठबन्धनका पक्षहरू । विश्वासको मत नपाउन्जेल भारतलगायतका देशरुले बधाई तथा शुभकामना दिएका थिएनन् । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग डर थियो । भोलि के हुन्छ के हुन्छ भनेर । तर, एमाले पर्ख र हेरको रणनीतिमा थियो । सर्वोच्च अदालतजस्तो आस्था र विश्वासको केन्द्र रहेको संस्थालाई नै दुरुपयोग गरेपछि योभन्दो ठूलो अदालत (जनताको अदालत)–तिर फर्किनुको विकल्प एमाले सँग थिएन ।

अहिलेसम्म सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकालाई मात्रै आक्रमण गरेको थियो । अब भने सर्वोच्च पार्टीतिर फर्किने सम्भावना देखिन्छ । यदि सर्वोच्च अदालतका कुनै न्यायाधीशहरु पार्टीमाथि रुलिङ गर्न थाले भने त्यसको प्रतिकारमा एमाले अध्यक्षले कानुनी राजको पालना गरौं अदालतको विरुद्धमा नजाऔं भनेर थामिनेबाला छैन जनताले मान्ने छैनन्, कार्यकर्ताले मान्ने छैनन्, त्यो अवस्था नआओस् । यदि निर्भयका साथ अर्डर–अर्डर भन्नेहरुले पार्टीमाथि रुलिङ गर्न थालेभने जनताले कठालो समातेर सडकमा ल्याउने अवस्था सिर्जना नहोस् । यी समग्र वस्तुस्थितिको मूल्याङ्कन गरेर एमाले अघि बढ्नुको विकल्प छैन ।

अब नेकपा एमालेले संगठन निर्माण गर्दा चुनावमा हारिन्छ कि भनेर जन विरोधी तत्वहरुसँग साँठ गाँठ गर्नु आफनो विनाश निम्त्याउनु हो । त्यसकारण यो समिकरण भत्किनु थियो भत्कियो । पुरानो समिकरण भत्किनु भने नयाँ संरचना तयार गर्न हो । एमाले धैर्यता कायम राख्दै एक कदम पछाडि दुई कदम अगाडि बढ्न खोजेको देखिन्छ । उच्च मानसिकताका साथ जनताको आवाज बुलन्द गर्दै सुन्दर भविष्यको खोजीमा एमाले आजैदेखि जुट्न जरुरी छ । केही आफ्नै घर बेचेर मुनाफा खान पल्केकाहरुलाई पर्खिनु र थाम्नु एमालेको लागि प्रत्यूत्पादक हुनेछ । कमरेड पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जलि !