अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण सुरू, सुपरिवेक्षकलाई सहयोग गर्न विभागको अनुरोध

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण सुरू, सुपरिवेक्षकलाई सहयोग गर्न विभागको अनुरोध


काठमाडौं– राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना सुरू भएको छ । आजबाट देशैभरी सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम सुरू गरेका छन् । यस वर्षको जनगणनामा ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागकाअनुसार स्नातक गरेका युवायुवतीहरू यस वर्ष सुपरभाइजरको रूपमा खटिएका छन् ।
विभागकाअनुसार देशभर करिब ७० हजार घर परिवारमा सुपरीवेक्षकहरू पुग्नेछन् । घर तथा घरपरिवार सूचीकरण आजबाट ३१ बाट सुरू भएर असोज १८ अर्थात् २० दिन सञ्चालन हुनेछ । दोस्रो चरण अर्थात् जनगणना कात्तिक २५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । जनगणनाका दुई चरण मध्ये यसलाई विभागले पहिलो चरण भनेको छ ।

विभागका जनगणना शाखाका प्रमुख ढुण्डीराज लामिछानेकाअनुसार सुपरीवेक्षकलाई मुख्यगरी ६ वटा जिम्मेवारी दिइएको छ । घर तथा घरपरिवार सूचीकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषिउतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

सुपरीवेक्षकहरूले घर तथा घरपरिवारमा गएर सात वटा विवरण लिने विभागले जनाएको छ । यस गणनामा सुपरिवेक्षकले घर तथा घरपरिवारमा गएर निम्न विवरण लिने छन् :

१. तपाईको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्यलिङ्गीहरुको संख्याकति छ ? (अन्यलिङ्गी भन्नाले लैंगिक तथा यौनिक अल्पसंख्यक समूदायका व्यक्ति भन्ने बुझिन्छ ।)

२. तपाई बसोबास गर्नु भएको घर वाअन्यप्रकारका घरको प्रयोग कसरी भएको छ ? (यस प्रश्नबाट आवासीय, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथाकलकारखाना, बैंक तथावित्तीय संस्था, संस्थागत, होटल तथालज, गोठ तथाधन्सार र खाली घरहरूको संख्या प्राप्त हुन्छ ।)

३. तपाईले उपभोग गरेको कृषि योग्यजग्गाजमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्याकति छ ?

४. तपाईको परिवारले सरकारी अनुदानअन्तरगतआवासीय घर निर्माण गरेको छ छैन ।

५. तपाईंको घरमा कतिजनाव्यक्तिको नाममाबैंक वावित्तीय संस्थामाखाता छ ?

६. तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कति जना छन् ?

७. तपाईंको परिवारले बैंक, सहकारी संस्थावावित्तीय संस्थाबाट ऋण सुविधालिएको छ ?
जनगणनामा सहयोग गर्न विभागको अनुरोध ।

केन्द्रीय तथ्यांक विभागले आजबाट सुरू भएको घर तथा घरपरिवार सुचिकरणको काममा सहयोग गर्न सबै उत्तरदातालाई अनुरोध गरेको छ । विभागले आज एक प्रेस विज्ञप्ती जारी गरेर सबैलाई जनगणनाको अपनत्वलिइ दिन भनेको छ ।

‘देश विकासको मेरुदण्डको रूपमा रहेको जनगणनामा आउने सुपरवेक्षक र गणकलाई सही तथ्यांक उपलब्ध गराउनु हामी सबैको दायित्व हो । त्यसैले यस जनगणनामा आउने सबैको सहभागिता रहोस भनेर मेरो जनगणना, मेरो सहभागिता भन्ने नारा तय गरिएको हो,’ विभागको विज्ञप्तीमा भनिएको छ ।