अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणहिटी संङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एक पक्राउ

नारायणहिटी संङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एक पक्राउ


काठमाडौं- नारायणहिटी दरबार संङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्दै गर्ने एक जनालाई नियन्त्रणमा लिइएको छ ।

नारायणहिटी संङ्ग्रहालयमा राखिएको श्रीपेच चोर्न खोज्ने पश्चिम-रुकुम मुसीकोट-११ का खिमबहादुर घर्तीलाई नेपाली सेनाले नियन्त्रण लिइएको हो । शुक्रवार बिहान अवलोकन गर्न पुगेका घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हात समेत काटिएको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।