अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु [अपडेट]

झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु [अपडेट]


विराटनगर-झापाको मेचीनगर नगरपालिका–७ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मेचीनगर-७ सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारी तर्फ जाँदै गरेको होलिबेल इंग्लिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मोटरसाइकल चालक मेचीनगर-७ का २१ वर्षीय अजय राजवंशी र पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझी गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले बस र चालक मेचीनगर-११ का ४५ वर्षीय निरेन धिमाललाई नियन्त्रणमा लिएको छ।