काठमाण्डौ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले नेपाल सरकारले प्रस्ताव गरेको बजेट यथार्थ भन्दा भ्रम बढी भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसवुकमा धारणा सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
नेपाल सरकारले प्रस्ताव गरेको २१ खर्ब २४ अर्बको नयाँ बजेट वित्तीय सुधारको नारा दिएता पनि आम नागरिकका लागि भने चुनौतीपूर्ण छ उनले लेखेका छन् राजस्व बढाउने नाममा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा ३ प्रतिशत इक्विटी शुल्क थपिनु र ५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाइनु चरम विरोधाभासपूर्ण छ । यसले सरकारी सेवाको दयनीय अवस्थाका कारण निजी क्षेत्रमा निर्भर रहन बाध्य मध्यम र विपन्न वर्गमाथि महँगी र आर्थिक बोझको प्रत्यक्ष प्रहार गर्ने आचार्यको भनाइ छ ।
कृषि र उद्योगमा भन्सार दर समायोजन भनिए पनि ठोस पूर्वाधार र पुँजीगत खर्चको अभावमा बजेटले तत्काल गति लिन नसक्ने उनले उल्लेख गरेका छन् ।
त्यस्तै, सूचना प्रविधि क्षेत्रमा कर छुट दिएर युवालाई आकर्षित गर्न खोजिए पनि उनले खाडी र मलेसिया पलायन हुने देशका बहुसंख्यक अदक्ष तथा अर्धदक्ष युवाहरूका लागि रोजगारी सिर्जना गर्ने ठोस र भरपर्दो योजना बजेटमा नसमेटिएको उनले बताए ।
बजेटले मध्यम वर्गलाई थप संकुचित पार्ने छ र युवा पलायनको मूलसंकटलाई सम्बोधन गर्न नसक्सने उनको भनाइ छ ।




प्रतिक्रिया