काठमाडौँ – सशस्त्र प्रहरीको हेडक्वाटरमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार हल्चोकस्थित सशस्त्रको हेडक्वाटरको किचनमा आगो लागेको हो ।
आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ भएको आगलागीमा अतिरिक्त महानिरीक्षक चढ्ने एउटा गाडीसहित ८\९ वटा गाडी जलेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।
साँझ मोटरसाइकलबाट आगालागी सुरु भएको सशस्त्र प्रहरीले आशंका गरेपनि शंकास्पद देखिएको छ।
केही विद्युतीय गाडीमा क्षति पुगेको र आगो आधाघण्टाजतिमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता विष्णुप्रसाद भट्टले बताए।
उनले एआईजीको गाडी नजिकै रहेपनि क्षति नभएको दाबी गरेका छन्।




प्रतिक्रिया